विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्य रिक्त

विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्य रिक्त
सुन्नुहोस्

विद्युत नियमन आयोगमा रिक्त अध्यक्ष र तीन सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । उद्योग, जलस्रोत तथा सिँचाई मन्त्रालयले योग्यता पुगेका इच्छुकलाई आवेदनको निम्ति आह्वान गरेको छ । 

आगामी १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवश्यक कागजातसहित आवेदन पेश गर्न प्रकाशित विज्ञापनमा उल्लेख छ । इच्छुक उम्मेदवार विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (क) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्य नरहेको हुनुपर्ने छ ।

यससम्बन्धी थप जानकारी मन्त्रालयको प्रशासन महाशाखाबाट प्राप्त गर्न सकिने बताइएको छ ।
 

टिप्पणीहरू