अस्पताल जानुअघि प्रधानमन्त्री र माधव नेपालबीच एकछिन ‘मुलाकात’

अस्पताल जानुअघि प्रधानमन्त्री र माधव नेपालबीच एकछिन ‘मुलाकात’ फाइल फोटो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उहाँहरुबीच आज अपरान्ह संक्षिप्त भेटघाट भएको बुझिएको छ । प्रधानमन्त्री भेट्न साढे ३ बजे प्रधानमन्त्री कार्यालय पुग्नुभएका नेपाल पाँच मीनेटमै त्यहाँबाट बाहिरिनुभएको बताइन्छ । माधवसँगको छोटो भेटलगत्तै प्रधानमन्त्री प्रचण्ड दुखेको दाँतको परीक्षण र उपचारका लागि वीर अस्पताल पुग्नुभएको थियो ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको विभाजन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिपछि सरकारमा एकीकृत समाजवादीको सहभागिताबारे अनेक चर्चा परिचर्चा भइरहेको छ । आफू प्रधानमन्त्री हुने योजनाका साथ माधवले काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन खोजेको र त्यहि पृष्ठभूमिमा जसपा फुटेको एमालेको दाबी छ । 

सोही कारण पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवबीच सम्बन्ध चिसिएको कतिपयले अनुमान गरिरहँदा पाँच मीनेटको यो भेटघाटलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू