नवीकरण नभएका हतियार बुझाउन सिडियो कार्यालयको आदेश

नवीकरण नभएका हतियार बुझाउन सिडियो कार्यालयको आदेश
सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार बुझाउनका सूचना जारी गरेको छ । 

कतिपय व्यक्ति र संस्थाले कानुनबमोजिम हातहतियार नवीकरण नगरेको जनाउँदै सिडिओ कार्यालयले त्यस्ता हतियार अबिलम्ब प्रशासनलाई बुझाउन भनेको हो । सहायक सिडिओ हरि प्रसाद शर्माले जारी गरेको सूचनामा तोकिएको समयमा हतियार नबुझाउनेलाई कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

साथै, सिडियो कार्यालयले इजाजत प्राप्त हतियार नवीकरण गर्न पनि भनेको छ । जारी सूचनामा विभिन्न मितिमा हातहतियार राख्न इजाजतपत्र पाएका व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र नियमानुसार नवीकरण गर्न आग्रह गरिएको छ । 

‘यस जिल्लाबाट विभिन्न समयमा हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरुले नियमानुसार नवीकरण गर्ने कानूनी व्यवस्था रहेकोमा कतिपय इजाजत प्राप्त व्यक्ति, संस्थाहरुले नवीकरण गराएको कार्यालयको अभिलेखबाट नदेखिएको हुँदा यथाशीघ्र आफुसँग भएको हतियारसहित उपस्थित भई अनिवार्य रुपमा नवीकरण गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू