पूर्वमन्त्रीको निधनले कांग्रेस बैठक स्थगित

पूर्वमन्त्रीको निधनले कांग्रेस बैठक स्थगित
सुन्नुहोस्

आजका लागि तय भएको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।  

पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि गरिने भएकाले बैठक स्थगित गरिएको हो । संविधानसभा सदस्यसमेत रहेका गुरुङको बैशाख अस्ति मंगलबार निधन भएको थियो ।  

कांग्रेसले आज दिउँसो १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेगरी डाकेको थियो । अब दुबै बैठक क्रमश: भोलि विहान ८ बजे र साढे ८ बजे सोही हलमा बस्ने छ ।
 

टिप्पणीहरू