बाल मन्दिरको जग्गा हिनामिना : आरोपितविरुद्ध पक्राउ पुर्जी जारी

बाल मन्दिरको जग्गा हिनामिना : आरोपितविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा प्रहरीले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले बाल मन्दिरको जग्गाको विषयमा जाहेरी परेको र त्यसमा किटान गरिएका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । बाल मन्दिरका तर्फबाट नेपाल बाल संगठन सञ्चालक समितिले तत्कालिन सञ्चालक समिति र बृहस्पति विद्या सदनविरुद्ध आज बिहान जाहेरी परेको हो ।  

तत्कालिन अध्यक्ष रितासिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, विद्या सदनका ८ जना लगायतविरुद्ध जाहेरी दर्ता भएको बोगटीले बताए । 'अहिलेको सञ्चालक समितिले तत्कालिन सञ्चालक समिति र विद्या सदनविरुद्ध जाहेरी दिएको हो । हामी यसबारे अनुसन्धान गर्दैछौँ', उनले भने । 

०७२ सालमा संगठनका तत्कालिन पदाधिकारी र कर्मचारीले सेटिङ मिलाएर विद्या सदनलाई ५९ वर्षका लागि २९ रोपनी ४ आना जग्गा सस्तो भाडादरमा दिई जग्गा दुरुपयोग गरेको दाबी गरिएको छ ।
 

टिप्पणीहरू