हनिमुन मनाएर देउवाका छोरा र बुहारी आमाको उपचारमा व्यस्त

हनिमुन मनाएर देउवाका छोरा र बुहारी आमाको उपचारमा व्यस्त
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा नेतृ एवम् सभासद् डा. आरजू राणा जापानबाट स्वदेश फर्केकी छन् । उनी हिपको उपचार क्रममा जापानको अस्पतालमा फलोअपका लागि गएकी थिइन् ।

उनी गए राति सवा १० बजे नवविवाहित छोरा र बुहारीसहित क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६०३ मा हङकङ हुँदै स्वदेश फर्केकी हुन् । छोरा जयवीर देउवा र बुहारी सिवाना श्रेष्ठ भने वैशाख २३ गते राति साढे १ बजे क्याथे प्यासिफिकको उडान नम्बर सिएक्स ६४० मा हङकङ हुँदै त्यता गएका थिए ।

यसअघि छोरा–बुहारी हनिमुन मनाएर वैशाख पहिलो साता काठमाडौं फर्केका थिए । इण्डोनेसियाको बालीमा हनिमुन मनाएर फर्किएको नवविवाहित दम्पतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिइएकोमा चर्को आलोचना भएको थियो ।

टिप्पणीहरू