दरबारभित्र आमाछोरीको रंगिन दुनियाँ

दरबारभित्र आमाछोरीको रंगिन दुनियाँ

ओटोमन साम्राज्यको अर्को नाउँ तुर्क र उस्मान साम्राज्य हो । यो साम्राज्यको स्थापना उस्मानले गरेका थिए सन् १२९९ मा । उनी तुर्क जनजातिका सरदार हुन् । करिब ६ सय वर्ष चलेको यो साम्राज्य कालान्तरमा दक्षिणपूर्वी र मध्य युरोप, पश्चिम एशिया र उत्तरी अफ्रिकासम्म फैलिन पुग्यो । उत्तरमा हंगेरी, दक्षिणमा यमन, पश्चिममा अल्जेरिया र पूर्वमा इराकसम्म । सुलेमान उक्त साम्राज्यको छैटौँ सुल्तान हुन् । उनको शासनकालमा साम्राज्यको ठूलो विस्तार र प्रगति भयो त्यसैले इतिहासमा उनलाई ‘जाज्वल्यमान सुलेमान’ भनेर व्याख्या गरिएको पाइन्छ ।

सुल्तानहरूका एउटी महारानी र अन्य थुप्रै रानी हुने, सेविकाहरूलाई पनि पत्नीसरह दर्जा दिने चलन शुरुदेखिकै हो । युद्धमा पराजय भोगेको राज्यका रानीहरू र त्यहाँका महिलालाई बन्दी बनाएर ल्याउने र छानीछानी सबैसँग शारीरिक सम्बन्ध बनाउने चलनका कारण पछि त्यस्ता महिलाको संख्या यति धेरै हुन थाल्यो कि दरबारको कोठामै नअटेर प्रांगणमा छुट्टै भवन बनाउन थालियो, जसलाई ‘हरम’ अर्थात् जनानागृह भनिन्छ । सुलेमानको पालामा छुट्टै ‘हरम’ बनिसकेको थिएन तर दरबारभित्रको एउटा सेक्सनमा रानी र सेविकाहरूलाई राख्ने व्यवस्था मिलाइएको थियो, जहाँ १७ जना स्त्री थिए । रोक्सेलाना तिनैमध्येकी हुन् । पोल्याण्डकी उनलाई तातरहरूले पक्रेर दास बनाएका थिए । पछि उनीहरूले टर्कीको इस्तान्बुलमा ल्याई बिक्री गरे । त्यसबेला रोक्सेलानाको उमेर १६ थियो । टर्की दरबारमा दासीको रुपमा काम गर्न थालेपछि सुल्तानको प्रियसी बनिन् । कानुनीतवरमै सुल्तानको रानी बनेपछि उनी हुर्रम (हँसिली) सुल्ताना बनिन् र निकै शक्तिशाली पनि । साम्राज्यमा उनको नाउँ सुन्नेबित्तिकै सबै काँप्थे ।

मिहरिमा सुल्तान सुलेमानको उनै रानी हुर्रमतर्फकी छोरी हुन् । तुर्की भाषामा मिहरिमाको अर्थ ‘सूर्य र चन्द्रमा’ हो भने पर्सी भाषामा ‘चन्द्रमाको किरण’ । शक्तिशाली रानीकी पुत्री भएकैले ‘हनिम सुल्ताना’ अर्थात ‘राजकुमारी म्याडम’ कहलिन थालिन् । तुर्क इतिहासकार मुस्तफा सेलानिकीले मिहरिमालाई तुर्क साम्राज्यकै सबैभन्दा शक्तिशाली राजकुमारीको रुपमा प्रस्तुत गरेका छन् । मिहरिमाका आफ्नै आमातर्फका एक जना दाजु र ५ भाइ थिए । केटाकेटीमा लाडप्यारमा हुर्किन् । उनले दूध नखाएसम्म दरबारमा कसैलाई पनि कुनै खानेकुरा दिइन्नथ्यो, भोकले मरेमरोस् भनेजस्तो व्यवहार गरिन्थ्यो । हुर्रम हाकाहाकी भन्थिन्– मेरी फूलजस्ती छोरीको लागि कसैले ज्यान दिनु उनका निम्ति शुभ नै हो । युवा उमेरमा टेक्दै मिहरिमामा परिपक्वता आइसकेको थियो भने कुरो गर्नमा पनि अति सिपालु । अध्ययनशील त थिइन् नै । इतिहासकारहरूका अनुसार बिहे अगाडि उनी बाबुको लागि र बिहेपछि आफ्नो लोग्नेको लागि युवती मिलाइदिन्थिन् । भन्थिन् ‘यो संसारमा अल्लाह नै सबैथोक हुन्, महिला पुरुषकै लागि बनेका हुन्, पुरुषकै कारण स्त्रीको सौन्दर्यमा निखार आउने हो, स्त्रीको शरीरका सबै अंग पुरुषकै निम्ति बनेका हुन् ।’

सुलेमान सुन्नी मुसलमान थिए र सियाहरूलाई घृणा गर्थे । हुर्रम पनि जब छोरीको साथमा हुन्थिन्, सियाहरू हाम्रा शत्रु हुन्, यिनीहरूले हाम्रा अल्लाहमाथि ठूलै अत्याचार गर्ने गरेका छन्, त्यसैले अल्लाह चाहन्छन्, तिमीले उनीहरूलाई दुःख देऊ, कष्ट देऊ । तिमीले उनीहरूलाई जति दुःख दिन्छौ त्यति नै अल्लाह तिमीप्रति दयालु हुनेछन् भनेर सम्झाइरहन्थिन् । आमा र बुबाले जतिखेर पनि विष ओकल्ने गरेकै कारण उनी पनि उक्त सम्प्रदायप्रति कठोर बनिन् । उनी मात्र ५ वर्षकी हुँदा हुर्रमले एउटी सिया बालिकालाई अपहरण गर्न लगाइन् । बालिकाका आमाबाबु छोरी खोजिदिन बिन्ती बिसाउँदै दरबार पुगे । हुर्रमले छोरीसँग मिलाइदिने आश्वासन दिइन् । र, एकछिनपछि बालिकालाई मारेर लाश अभिभावकलाई सुम्पिदिइन् । हुर्रम यी र यस्ता बर्बर कार्य आफ्नी सानी छोरीकै अगाडि गर्थिन् ताकि यस्तो हेरेर मिहरिमाको हृदय अझ कठोर बनोस्, सियाहरूप्रति घृणा भरियोस् । मिहरिमा अत्यन्त सुन्दर थिइन् । राज्यका ठूलाबडा मौलबीहरू दरबारमै उनलाई पढाउन जान्थे । छोरीको पढाइ चल्दै गर्दा हुर्रम एकछिन पनि उठेर जान्नथिन् किनभने मौलवीहरूको खराब नियतबारे जानकार थिइन् । आफ्नी छोरीमाथि गिद्धेदृष्टि नराख्न पनि मौलवीहरूलाई बेलाबेलामा चेतावनी दिइरहन्थिन् । छोरीलाई चकचके नहुन सम्झाइराख्थिन् । १६ वर्षको भएपछि पुरुषसित लहसिन स्वतन्त्रता दिने आश्वासन दिन्थिन् । आफूले चाहेअनुसार गर्न पाउने, शरीरको भोक मेटाउन मनपरेको पुरुषसँग सम्बन्ध राख्न सकिने भन्थिन् । यो पनि भन्थिन् कि कुनै पुरुषले कुनै स्त्रीको शारीरिक भोक मेटाउन असमर्थ हुन्छ भने ती स्त्रीले एकै समय दुई वा त्योभन्दा बढी पुरुषसँग शारीरिक भोक र प्यास मेटाएर भए पनि आफ्नो जीवनलाई सार्थक बनाउन सक्नुपर्छ । 

हुर्रम सुल्ताना आफैँ पनि छोरीलाई सिकाएको कुरो व्यवहारमा उतारेर देखाउने हिम्मतिली महिला हुन् । दरबारमा त्यस्ता कुनै हृष्टपुष्ट पुरुष बाँकी थिएनन् जसलाई उनले आफ्नो बासनाको शिकार बनाउन छाडेकी होउन् । आमाको लाडप्यार र यस्तै यौन शिक्षा पाएर हुर्केकी मिहरिमा जब किशोरवस्थामा पुगिन्, यो मामिलामा परिपक्व बनिन् । किनभने आमाको शयनकक्षबाट निस्कने बास्नामिश्रित आवाजको अर्थ पनि उनले राम्रोसित बुझ्न थालिसकेकी थिइन् । मिहरिमाको सेवामा तैनाथ सबै केटी उमेरमा उनीभन्दा जेठी थिए, खुलेर यौनको कुरा गर्थे । ती सेविकाहरू हुर्रमको आदेशमा चल्थे, मिहरिमाको सामु यौनको कुरा गर्न उनैले सिकाउँथिन् । तिनीहरूमा केही सिया थिए, मिहरिमाले लुगा र गहना दिने लोभसहित उनीहरूलाई आफ्नै बाबु सुलेमानसँग सुत्न पठाउँथिन् ।

मिहरिमा १७ वर्षकी हुँदा उनको बिहे सुलेमान नामक युवकसित गरिदिइन् । दरबार छाड्नुअघि नै हुर्रमले छोरीलाई ‘लोग्नेबाट यौन सन्तुष्टि नपाए दुःखी भएर नबस्नु, परपुरुषसित सम्बन्ध बनाएर भए पनि सन्तुष्टि लिनु’ भनेर सिकाएकी थिइन् । सुलेमान अत्यन्त यौन पिपासु थिए । शुरुका दिनमा उनीसितको सम्बन्धमा मिहरिमा निकै खुशी भइन् । तर, सुलेमान एउटी स्त्रीमा सीमित भएर बस्ने पुरुष थिएनन् । बिस्तारै उनले अरु महिलासित सम्बन्ध बनाउन थालेपछि मिहरिमा छट्पटाउन थालिन् । उनले यो कुरो आमालाई सुनाइन् । हुर्रमले छोरीलाई दरबारमा बोलाइन् र रुस्तम पाशासित बिहे गराइदिइन् । रुस्तम क्रोएसियाका थिए र सुल्तान सुलेमानका बफादार मन्त्री थिए । तर यथार्थमा उनी हुर्रमप्रति बफादार थिए । हुर्रमले उनलाई आफ्नो स्वार्थमा प्रयोग गर्थिन् । यहाँसम्म कि एक्लोपन महसुस भएको बेला कोठामै बोलाउँथिन् र शारीरिक सम्बन्ध राख्थिन् । मिहरिमासित बिहेपछि रुस्तम मुख्यमन्त्री बनिसकेका थिए । यसपछि राज्यमा निकै शक्तिशाली बने । उनी राति मिहरिमा र दिनमा हुर्रमसँग सुत्थे । उँटको मासु खान्थे । रक्सी सेवन गर्थे । मिहरिमालाई थाहा थिएन कि रुस्तम आफ्नी आमासँग पनि सुत्छन् । एक बिहान रुस्तम र मिहरिमा शारीरिक सम्बन्धमा लीन थिए, हुर्रम् कोठाभित्र पसिन् । उनले छोरी र ज्वाइँलाई निर्वस्त्र देखिन् । मिहरिमाले सिरकले आफ्नो शरीर ढाक्दै आमालाई कोठाभित्र प्रवेश गर्नुको कारण सोधिन् । हुर्रमले तिम्रो दाजु सलिम (प्रथम) ले तिमीलाई बोलाउँदै छ भनिन् । मिहरिमा लुगा लगाएर दाजुको कक्षमा गइन् । सलिमले उनलाई दरबारभित्रको सबै मुख्य काम सम्हाल्ने जिम्मा दिए ।

मिहरिमा त्यसबेलादेखि दरबारको काममा र राज्यसञ्चालनमा सरिक हुन थालिन् । यसबीच मिहरिमाले गर्भधारण गरिन्, उनी गर्भवती भएपछि हुर्रम र रुस्तमलाई ठूलो अवसर मिल्यो । उनीहरू रातदिन सम्बन्ध बनाउन थाले । एकदिन दुबैलाई मिहरिमाले रंगेहात पक्रिन् । आमाछोरीबीच बिबाद भयो । हुर्रमले स्त्री हुन् वा पुरुष एक जनाबाट सन्तुष्ट नभएपछि दोस्रोसँग सम्बन्ध बनाउने छुट सबैलाई हुन्छ भन्ने जवाफ फर्काइन् । आमा र छोरी दुबैलाई यौन सन्तुष्ट पार्दै आएका रुस्तमले सुल्तान बन्ने सपना देख्न थाले । उनले मनको यो कुरो हुर्रमसित शारीरिक सम्बन्ध बनाउँदै गरेको बेला बताए । हुर्रमलाई रुस्तमको यो कुरो पचेन । छोरी मिहरिमासँग छलफल गरिन् र रुस्तमलाई मार्ने योजना बनाइन् । रुस्तमले यो कुरो थाहा पाए र ज्यान बचाउँदै त्यहाँबाट भागे । रुस्तमलाई मार्गबाट हटाएपछि मिहरिमाले आफूभन्दा ८ वर्षले कान्छो युवक समिज अलि पाशासित बिहे गरिन् । समिजलाई मात्र शारीरिक सम्बन्ध बनाउने काममा लगाउँथिन् । उनी जब ३६ वर्षकी भइन् हुर्रमको मृत्यु भयो । अब उनी आमाले जसरी नै अधिकांश समय मौलबीहरूसँग एकान्त कोठामा बिताउन थालिन् । एकदिन उनको मृत्यु सन्देहजनक तवरमा शयनकक्षमै भयो, सन् १५७८ जनवरी २५ मा । निधनको बेला ५५ वर्षकी थिइन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू