अदालतभित्रै बलात्कार,आरोपित छुटेपछि धर्नामा पीडित

अदालतभित्रै बलात्कार,आरोपित छुटेपछि धर्नामा पीडित

बलात्कारीलाई अदालतले धरौटीमा छोडेको भन्दै एक महिला सडकमा उत्रिएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६, मोतिपुरकी २५ वर्षीया समीक्षा कोइरालाले न्याय माग्दै आज काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएकी हुन् । 

पीडित महिलाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेदपछि अंश मुद्दाका लागि जिल्ला अदालत पुगेका बेला ०८० असार ११ गते उनी बलात्कृत भएकी थिइन् । अदालतका तहसिलदार निरन्जनबाबु पाण्डेले अदालतभित्रै कोठामा जबरजस्ती करणी गरेको उनको आरोप छ । 

लामो समय घटना लुकाएकी उनले गत फागुन २८ गते पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय, दाङमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । थुनछेक बहसपछि वैशाख २१ गते डेढ लाख रुपैयाँ धरौटीमा पाण्डे रिहा भए । 

श्रीमानसँग सम्बन्ध विच्छेदपछि अंश मुद्दाका लागि जिल्ला अदालत पुगेका बेला ०८० असार ११ गते उनी बलात्कृत भएकी थिइन् । अदालतका तहसिलदार निरन्जनबाबु पाण्डेले अदालतभित्रै कोठामा जबरजस्ती करणी गरेको उनको आरोप छ ।
 

न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले डेढ लाख रुपैयाँ धरौटी माग्दै उनलाई छोड्न आदेश दिएको थियो । त्यसपछि न्याय माग्दै हिजो उच्च सरकारी वकिल कार्यालय तुलसीपुरमा रिट निवेदन दर्ता गराएकी कोइरालाले पाण्डेलाई थुनामा राख्नुपर्ने मागसहित आजदेखि धर्ना शुरु गरेकी हुन् । 

पाण्डेलाई संरक्षण गरेको आरोप लगाउँदै कोइरालाले जिप्रका दाङका डिएसपी जनकबहादुर मल्ल र एसपी रामबहादुर केसीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने मागसमेत गरेकी छन् । ‘न्यायमा पहुँच होइन, स्वतन्त्र न्याय गर’, ‘महिला तथा बालबालिकाको मुद्दामा नेपाल प्रहरी कहिले संवेदनशील हुने ?’, ‘न्यायको लागि सडकमा आउनुपर्ने यो कस्तो बाध्य हो ?’ उनको प्रश्न छ ।

टिप्पणीहरू