महानिर्देशक प्रदिप अधिकारीको बदमासी खोतल्ने लेखा समितिको निर्णय

महानिर्देशक प्रदिप अधिकारीको बदमासी खोतल्ने लेखा समितिको निर्णय

संसदको सार्वजनिक लेखा समितिले पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेकोबारे अध्ययन गर्ने भएको छ । आज बसेको समितिको २७ औं बैठकले ती विमानस्थल निर्माण भएको लामो समयसम्म सञ्चालनमा नआएपछि वास्तविकता पत्ता लगाउन स्थलगत अध्ययन भ्रमण गर्ने निर्णय गरेको बताइएको छ ।

समितिको बैठकमा अरबौं रुपैयाँ लगानी भएका ती विमानस्थल सञ्चालनमा आउन नसकेको र निर्माणमा त्रुटीहरुसमेत रहेको पाइएको सन्दर्भ सांसदहरुले उठाएका थिए । त्यसपछि समितिले दुई टोली बनाई शीघ्र स्थलगत अध्ययन भ्रमण गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय नम्बर २ मा भनिएको छ, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नपश्चात् पनि सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षहरुमा त्रुटिहरुसमेत रहेको भन्ने सम्बन्धमा समितिले दुई टोली बनाई शीघ्र स्थलगत अध्ययन भ्रमण गर्ने ।’ ती लगायतका विमानस्थल निर्माणको क्रममा भएका अनियमितताबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धानले अनुसन्धान थालेको झण्डै डेढ बर्ष भएको छ ।

गत चैत महिनामा उनीसँग आयोगले लगातार दुई सातासम्म बयान लिएको थियो । अधिकारीको अकुत सम्पत्तिसम्बन्धी उजुरीमाथि पनि आयोगले अनुसन्धान थालेको बुझिएको छ ।
 

टिप्पणीहरू