दुर्गा प्रसाईंको जस्तै मनिरामको माग : धितो लिलाम गर्न पाईंदैन

दुर्गा प्रसाईंको जस्तै मनिरामको माग : धितो लिलाम गर्न पाईंदैन

लघुवित्त पीडितहरुले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै आगामी असार १६ गतेदेखि वित्तिय संस्थाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो । 

समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेभित्र सम्बोधन गरिसक्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरे । उनले वित्तिय संस्थाहरुको ज्यादती, ऋणीलाई कालोसूचीमा राख्ने र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्नुपर्ने माग राखेका छन् । 

अध्यक्ष ज्ञवालीले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तिय संस्थाहरुविरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिएका छन् । वित्तिय माफियाविरुद्ध बलिदान दिन समेत आफुहरु तयार रहेको भन्दै उनले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा नलिन पनि भनेका छन् ।
 

टिप्पणीहरू