घण्टाघरको पुनर्निर्माण थालियो (फोटोफिचर)

घण्टाघरको पुनर्निर्माण थालियो (फोटोफिचर)

काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा रहेको ऐतिहासिक घण्टाघर पुनर्निर्माणको कार्य शुरु भएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त भवनको पुनर्निर्माण गर्न लागिएको हो । 

पुरातत्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घण्टाघरको पुनर्निर्माणका लागि विस्तृत परियोजना तयार पारेको थियो । पुनर्निर्माणमा अहिले कामदारहरु रेट्रोफिटिङमा व्यस्त छन् । 

भवन निर्माण विभागले घण्टाघरको दायाँ भागको रेट्रोफिटिङ र बायाँ भागको भवन पुनर्निर्माण गर्ने तयारी गरेको छ । पुनर्निर्माण भइरहेको घण्टाघरको उच्चाई र स्वरुप पहिलाकै रहनेछ ।

टिप्पणीहरू