१३ किलो अफिमसहित ३ जना पक्राउ

१३ किलो अफिमसहित ३ जना पक्राउ

दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । 

रुकुमपश्चिमको आठबिस नगरपालिका स्थायी वतन भएका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र सीमीकोट नगरपालिकाका मोहन पुनलाई प्रहरीले गएराति समातेको हो । तुल्सीपुरको दुधानेबाट उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

प्रहरीका अनुसार उक्त अफिम रुकुममा उत्पादन भएको र भारत पठाइदै गरेको अवस्थामा बरामद भएको हो । पछिल्लो समय तुल्सीपुरमा अफिम कारोबार बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ ।
 

टिप्पणीहरू