ट्याक्सी चालक बेहोस, झण्डै आधा दर्जन घाइते

ट्याक्सी चालक बेहोस, झण्डै आधा दर्जन घाइते

राजधानीमा ट्याक्सीको ठक्करबाट झण्डै आधा दर्जन घाइते भएका छन् । बा.२ ज ३६३१ नम्बरको ट्याक्सीको ठक्करबाट पाँच जना घाइते भएका हुन् । 

काठमाडौं महानगरपालिका वडा नम्बर १८,नरदेवी ताम्सिपाखा आयुर्वेद चिकित्सालयअगाडि आज बिहान दुर्घटना भएको बुझिएको छ । चालक बेहोस भएर ढलेपछि ट्याक्सी अनियन्त्रित भएको थियो । सोही क्रममा ट्याक्सीले मोटरसाइकलमा सवार व्यक्ति र पैदलयात्रीहरुलाई ठक्कर दिएको हो । 

घाइतेको सोही आयुर्वेदिक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, ट्याक्सी चालकलाई अचेत अवस्थामा वीर अस्पताल पुर्याइएको छ । चालकको पहिचान भने खुल्न सकेको छैन ।

टिप्पणीहरू