लामो खडेरीपछि मनसुनको वितण्डा, २४ घण्टामा १४ को निधन

लामो खडेरीपछि मनसुनको वितण्डा, २४ घण्टामा १४ को निधन

पछिल्लो २४ घण्टामा मुलुकभर बाढी, पहिरो र चट्याङका ४४ वटा घटनामा १४ जनाको ज्यान गएको छ । पहिरोबाट आठ, चट्याङ लागेर पाँच र बाढीबाट एक जनाले ज्यान गुमाएका छन् ।

दुई जना बेपत्ता र १० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिरोमा परेर ओखलढुंगामा एक, लम्जुङ्गमा पाँच र कास्कीमा दुई जनाको निधन भएको छ । 

चट्याङ लागेर झापा र रोल्पामा दुई/दुई र सुनसरीमा एक जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मोरङमा बाढीमा एक जनाको मृत्यु भएको हो । 

प्राधिकरणले लम्जुङ्गको क्वहोलासोथार गाउँपालिका–३, बगुमस्थित अविरल वर्षाका कारण गएको पहिरोमा दुई जना बालिका बेपत्ता भएको जनाएको छ । घाइतेमध्ये पहिरोबाट पाँच, चट्याङबाट तीन र बाढीमा एक जना परेका हुन् । 

प्राधिकरणले ओखलढुंगाको चिंसलुगढी गाउँपालिका–५, सेर्नाथुम्कीमा गएको पहिरोमा घाइते भएका दुई जनाको सकुशल उद्धार गरेर हेलिकोप्टरबाट काठमाडौं ल्याइएको जनाएको छ ।

टिप्पणीहरू