‘लिटिल बुद्ध’ लाई बाल यौन शोषण मुद्दामा १० वर्ष कैद

‘लिटिल बुद्ध’ लाई बाल यौन शोषण मुद्दामा १० वर्ष कैद

आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका रामबहादुर बमजनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तीको सजाय सुनाइएको छ । 

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आज बमजनविरुद्ध यस्तो फैसला सुनाएको हो । 

असार १० गते उनी बाल यौन शोषण मुद्दामा दोषी ठहर भएका थिए । सजायको लागि आज पेशी तोकिएको थियो । बहसका क्रममा सरकारी वकीलको कार्यालयले बमजनलाई २० वर्षको जन्मकैद हुनुपर्ने माग गरेको थियो । तर, अदालतले आधा मात्र सजायको फैसला सुनाएको हो । 

बमजनमाथि आफ्नै आश्रमका दुई आनी र तीन बालक बेपत्ता बनाएको, विभिन्न ठाउँमा बालिकाहरुमाथि यौन शोषण गरेको आरोप थियो । उनी गत पुस २४ गते बूढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रासमेत फेला पारेको थियो ।

टिप्पणीहरू