इजरायली आक्रमणबाट ध्वस्त गाजाका मेडिकल विद्यार्थीहरुको थप अध्ययन पाकिस्तानमा

इजरायली आक्रमणबाट ध्वस्त गाजाका मेडिकल विद्यार्थीहरुको थप अध्ययन पाकिस्तानमा
सुन्नुहोस्

प्यालेस्टाइनको गाजापट्टीमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुको अवरुद्ध अध्ययन प्रक्रिया पाकिस्तानमा सुचारु हुने भएको छ । आफूले मानवीय आधारमा उक्त निर्णय गरेको त्यहाँ पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानका उपप्रधान एवम् विदेशमन्त्री इशाक दारको निर्देशनमा उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बताए । प्यालेस्टिनी चिकित्सा शास्त्र अध्ययन संस्थाको सन् २०२०–३० को ब्याचका विद्यार्थीहरूको बाँकी अध्ययन पाकिस्तानमा हुन लागेको हो ।

गाजाका विद्यार्थीको नैसर्गिक अधिकार तथा त्यहाँको स्वास्थ्य प्रणालीका महत्वपूर्ण आवश्यकता सम्बोधन गर्न लागिएको पाकिस्तानको भनाई छ । पाकिस्तानमा थप अध्ययनका लागि मुटुरोग, हाडजोर्नी, क्यान्सर, बालरोगलगायत विषयका मेडिकल विद्यार्थी जाने छन् ।

स्रोत :सिन्ह्वा

टिप्पणीहरू