शिक्षामन्त्री सुमना स्वदेशी कि बिदेशी छुट्याउन छानबिन

शिक्षामन्त्री सुमना स्वदेशी कि बिदेशी छुट्याउन छानबिन
सुन्नुहोस्

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग पोल्याण्डको  स्थायी आवासीय अनुमति (पिआर) रहेको उल्लेख गर्दै हालिएको उजुरीमाथि छानबिन थालिएको छ । 

प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन प्रक्रिया अघि बढाएको हो । मन्त्री श्रेष्ठले २०७५ असार ८ गते पोल्याण्डका नागरिक पाबेल लुकास स्वाकिन्स्कीसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विवाह दर्ता गरेकी थिइन् । पेशाले पत्रकार पाबेल त्यतिबेला ३६ वर्षका थिए भने श्रेष्ठ ३४ वर्षकी । 

उजुरीकर्ताले मन्त्री श्रेष्ठले बैंक खाता खोल्ने क्रममा आफूलाई पोल्याण्डको नागरिकका रुपमा प्रस्तुत गरेकाले उनीसँग उताको पिआर रहेको दाबी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालिएको उजुरी प्रधानमन्त्री कार्यालय हुँदै छानबिनका लागि सतर्कता केन्द्र पुगेको थियो ।

टिप्पणीहरू