नारायणी नदीको पानी सतर्कता तहभन्दा माथि

नारायणी नदीको पानी सतर्कता तहभन्दा माथि

अविरल वर्षापछि नारायणी नदीको जल सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीको जल सतह देवघाट क्षेत्रमा तोकिएको सतर्कता तहभन्दा माथि पुगेको छ ।

बिहान पौने ११ बजे नारायणी नदीको जल सतह ७ दशमलब ३ मीटर माथि पुगेपछि सतर्कता अपनाउन अनुरोध गरिएको हो । विशेषगरी देवघाटभन्दा दक्षिणका चितवन र नवलपरासीको नदी किनारका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

टिप्पणीहरू