माओवादीहरुलाई हटाएपछि विश्वासको मत लिने तयारी

माओवादीहरुलाई हटाएपछि  विश्वासको मत लिने तयारी

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

त्यसअघि उनले सरकारमा रहेका माओवादी केन्द्रलगायत चार दललाई सरकारबाट हटाउँदै छ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एस,नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । आजै नेपाली काँग्रेस र लोसपालाई सरकारमा सहभागी गराएपछि विश्वासको मत लिने तयारी छ ।
 

टिप्पणीहरू