जान्नेलाई छान्ने घण्टी पार्टीको थप बिजोग,मन्त्रीक्वार्टरमा बिदेशी ज्वाईं

जान्नेलाई छान्ने घण्टी पार्टीको थप बिजोग,मन्त्रीक्वार्टरमा बिदेशी ज्वाईं
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा बोल्दै विपक्षी दलका नेताहरुमाथि मुलुकको सूचना बेचेको आरोप लगाएका थिए । त्यहीबेला उनले संसद बैठकमा, ‘देशको सूचना बेच्ने देशको मन्त्री होस् कि पार्टीको महामन्त्री सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने,’ पनि बताएका थिए । 

लामिछानेको उक्त अभिव्यक्ति नेपाली काँग्रेस र उसका महामन्त्री गगन थापाप्रति लक्षित थियो । त्यसैबेलादेखि काँग्रेस नेताहरुले उनलाई उक्त आरोप पुष्टि गर्न बारम्बार चुनौती दिँदै आएका छन् । सभापतिले डेढ महिनाअघि लगाएको आरोप यसबीच उनकै मन्त्री तथा नेतृतिर सोझिएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठका विदेशी श्रीमान ‘म्यारिज भीसा’ मा म्याद थप्दै पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएको पाइएको छ । पेशाले पत्रकार पोल्याण्डका नागरिक पाबेल लुकास स्वाकिन्स्की उनै मन्त्रीका श्रीमान हुन् । मन्त्रीले हालै पेश गरेको सम्पत्ति विवरणमा समेत पोलिस नागरिक पाबेलको बैंक खातामा रहेको नगद विवरणवारे उल्लेख छ ।

म्यारिज भीसामा बस्नेले त झन घरभित्रको बाहेक बाहिरको काम केही पनि गर्न मिल्दैन । तर,महिनौंदेखि मन्त्री क्वार्टरमा विदेशी पत्रकार पालेको भेटिएपछि अहिले ‘त्यहीँबाटै सूचना बेचिँदो रहेछ कि क्या हो ?’ भनेर सोध्न थालिएको छ ।

मन्त्रीका श्रीमान साढे दुई वर्षदेखि एक एक वर्षको म्याद थपेर म्यारिज भीसामा नेपालमा रहेको देखिन्छ । पासपोर्ट नम्बर इएल ९४६८६९३६ का पाबेलले २०२१ डिसेम्बर २ देखि ३६५ दिनको म्यारिज भीसा लिएका थिए । त्यसको एक वर्षपछि सन् २०२२ डिसेम्बर २१ का दिन फेरि ३६५ दिनको सोही भीसा नवीकरण गरेर नेपालमा बसिरहेका छन् ।

त्यसरी एक वर्षको भीसा लिएपछि उनी पटक पटक भारतलगायत विभिन्न मुलुक गएको अध्यागमनको अभिलेखमा देखिन्छ । पछिल्लो पटक मन्त्री स्वयमले पुस २ गते विदेशी श्रीमानलाई म्यारिज भीसा नवीकरणका लागि अध्यागमनमा साक्षी बसेर औंठा छाप लगाएकी थिइन् ।गलत डकुमेन्ट्री बनाएर नेपाल बाल संगठनविरुद्ध भ्रम फैलाएपछि यी पाबेललाई संगठनले कालोसूचीमा राखेको थियो ।

मन्त्री श्रेष्ठले २०७५ असार ८ गते पाबेल लुकास स्वाकिन्स्कीसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विवाह दर्ता गरेको देखिन्छ । पत्रकार पाबेल त्यतिबेला ३६ वर्षका थिए भने श्रेष्ठ ३४ वर्षकी । मन्त्री श्रेष्ठले बैंक खाता खोल्ने क्रममा आफूलाई पोल्याण्डको नागरिकको रुपमा प्रस्तुत गर्दै उतैको कागजात पेश गरेको देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ ।

यी सबै विवरणसहित मन्त्रीसँग उताको पीआर रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालिएको उजुरीमा दाबी छ । यससम्बन्धमा नेपाली काँग्रेसका एकजना पूर्वमन्त्री भन्छन्,‘मन्त्रीको विदेशी श्रीमान म्यारिज भीसामा नेपाल आएर मन्त्री क्वार्टरमा बसेको प्रमाणित भैसक्यो । त्यस्तो भीसामा आएको विदेशीले केही काम गर्न पाउँदैन । देखिनेगरी काम गर्न नपाउने मान्छे मन्त्री क्वार्टरमा किन बस्छ ?’

उनै नेताले आक्रोशित हुँदै बताए, ‘मन्त्रीको दलका सभापति अरुले सूचना बेच्यो भनेर संसदमा कुर्लने, मन्त्रीलेचाहिँ  सरकारी क्वार्टरमा अमेरिकानिकट विदेशी पत्रकारलाई पाल्ने ?’ विदेशी पत्रकारको श्रीमती हुँ भनेर सरकारी अड्डामा आफैले सनाखत गर्ने व्यक्ति मन्त्री  हुँदा देशको गोपनीयता चुहिन्न ?

हाम्रो अध्यागमन नियमानुसार त्यस्तो भीसामा आउने कोही पनि विदेशीले नेपालमा काम गर्न पाउँदैन । त्यसमा पनि म्यारिज भीसामा बस्नेले त झन घरभित्रको बाहेक बाहिरको केही गर्न मिल्दैन । तर, महिनौंदेखि मन्त्री क्वार्टरमा विदेशी पत्रकार पालेको भेटिएपछि अहिले ‘मन्त्रीको क्वार्टरबाटै सूचना बेचिँदो रहेछ कि क्या हो ?’ भनेर सोध्न थालिएको छ । जनआस्थाको जिज्ञासामा एक जना अध्यागमनविज्ञ भन्छन्, ‘विदेशी नागरिक मन्त्री क्वार्टरमा बसेर महिनौंदेखि के गर्छन् ? भन्नेबारे राज्यलाई नभए पनि कम्तिमा नागरिकलाई त चिन्ता हुनु स्वाभाविक हो ।’

यता मन्त्री श्रेष्ठसँग पोल्याण्डको  स्थायी आवासीय अनुमति (पीआर) रहेको उल्लेख गर्दै अख्तियारमा हालिएको उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको सतर्कता केन्द्रले छानबिन प्रक्रिया अघि बढाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालिएको उजुरी प्रधानमन्त्री कार्यालय हुँदै छानबिनका लागि सतर्कता केन्द्र पुगेपछि अनुसन्धान र छानबिन सँगसँगै अघि बढेको अवस्था छ ।

यसअघि दाइ हरिशरणको नाता भीसामा नेपाल छिरेका रवि लामिछानेले पनि दोहोरो नागरिकता र राहदानी साथमा बोकी बोकी अवैध रुपमा आयमुलक काम गर्दै आएका थिए जसलाई पछि सर्वोच्चले अँकुश लगाइदियो ।

टिप्पणीहरू