कारागार प्रशासकको निवासमा घुस एक लाख, स्रोत नखुलेको ५० हजार नगद

कारागार प्रशासकको निवासमा घुस एक लाख, स्रोत नखुलेको ५० हजार नगद

कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्त घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित नवलपरासीमा रहेको कारागार प्रशासक निवासबाटै नियन्त्रणमा लिएको बताइएको छ । 

काम गरेबापत पाउने सेवासुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई घुस÷रिसवत लिइसकेको अवस्थामा फेला पारेको हो । 

दत्तको साथबाट स्रोत नखुलेको ५० हजार रुपैयाँ पनि अख्तियारले बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू