वीरगञ्जबाट आउँदै गरेको ट्रकमा पचास लाखको अवैध कपडा

वीरगञ्जबाट आउँदै गरेको ट्रकमा पचास लाखको अवैध कपडा
सुन्नुहोस्

सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जबाट पथलैया जाँदै गरेको ट्रकबाट अवैध कपडा बरामद गरेको छ । बिल बिजकमा लेखिएको भन्दा फरक सामान भेटिएपछि कपडासहितको ट्रक नियन्त्रणमा लिइएको बताइएको छ । 

हिजो वीरगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना.८ ख ३९७८ नम्बरको ट्रकमा अवैध कपडा फेला परेको हो । कपडा र ट्रकको मूल्यांकन ९४ लाख १३ हजारभन्दा बढी गरेर राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ ।

सशस्त्रको मधेश ब्युरोको विशेष सूचनाको आधारमा उक्त ट्रक नियन्त्रणमा लिइएको जनाइएको छ । ब्युरोले सम्पूर्ण कर्मचारीलाई कुनै पनि किसिमको आर्थिक प्रलोभनमा नपर्न, इमान्दारितापूर्वक कार्य गर्न गराउन पनि मातहतका सबै इकाइलाई निर्देशन दिएको छ ।

टिप्पणीहरू