च्याउ टिप्न जानु ज्यानमाथि जोखिम

च्याउ टिप्न जानु ज्यानमाथि जोखिम

दाङमा च्याउ टिप्न गएका तीन महिलामाथि बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ४५ वर्षीया कमला केसी,५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका छन् । 

उनीहरु आज बिहान नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न  गएको बेला बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

आक्रमणबाट सीताकुमारीको पेट र ढाडमा गम्भीर चोट लागेको छ भने कमला र सरिताको हातमा सामान्य चोट लागेको छ । उनीहरुको अहिलेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

टिप्पणीहरू