उपसभामुख इन्दिरा र माननीय सुहाङ्ग ल्हासाबाट फिर्ता

उपसभामुख इन्दिरा र माननीय सुहाङ्ग ल्हासाबाट फिर्ता

उपसभामुख ईन्दिरा रानामगरको नेतृत्वमा चीन गएको टोली स्वदेश फर्किएको छ । ‘फोर्थ चाइना सिजाङ्ग ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेशन’ कार्यक्रममा सहभागी भएर टोली स्वदेश फिर्ता भएको हो । 

हिमालय एअरको उडान नम्बर ‘एच९७७५’ मार्फत ल्हासा हुँदै आएको टोली केही बेरअघि काठमाडौं उत्रिएको छ । टोलीमा मगरसहित प्रतिनिधि सभा सदस्य सुहाङ्ग नेम्वाङलगायत पाँच जना रहेका छन् । कार्यक्रममा सहभागी हुन उनीहरु गत असार १८ गते त्यता गएका थिए । 

त्यसैगरी,राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सना पनि सोही विमानमार्फत काठमाडौं आएको जनाइएको छ ।
 

टिप्पणीहरू