खेल मैदानको भुक्तानीपछि इञ्जिनियरले बुझेका थिए एक लाख घुस

खेल मैदानको भुक्तानीपछि इञ्जिनियरले बुझेका थिए एक लाख घुस
सुन्नुहोस्

घुससहित पक्राउ परेका ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आज उनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगको इटहरीबाट खटिएको टोलीले गत असार १७ गते उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा खेल मैदान निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस बुझेको खुल्न आएको आयोगले जनाएको छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

टिप्पणीहरू