"तपस्वी" बम्जनलाई हत्याकाण्डमा सिन्धुपाल्चोकमा पुर्याइयो
फाईल फोटो
‘तपस्वी’ रामबहादुर बमजनलाई सिन्धुपाल्चोक पुर्याइएको छ । मानव बेचबिखन र महिला बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सर्लाही जेलबाट लगिएको हो ।
आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बमजनलाई असार १७ गते सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाइसकेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उक्त फैसला गर्नुअघि असार १० गते उनी बाल यौन शोषण मुद्दामा दोषी ठहर भएका थिए ।
बहसका क्रममा सरकारी वकिलले बमजनलाई २० वर्षको जन्मकैद हुनुपर्ने माग गरेकोमा अदालतले आधा मात्र सजायको फैसला सुनाएको थियो । बमजनमाथि आफ्नै आश्रमका दुई आनी र तीन बालक बेपत्ता बनाएको, विभिन्न ठाउँमा बालिकाहरुमाथि यौन शोषण गरेको आरोप लागेको थियो ।
गत पुस २४ गते काठमाडौंको बूढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेपछि सर्लाही पुर्याइएको थियो । प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रासमेत फेला पारेको थियो ।
टिप्पणीहरू