भोटोजात्रापछि रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न

भोटोजात्रापछि रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न

रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आज भोटो देखाइएको छ । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको भोटो ललितपुरको जावलाखेलमा देखाइएको हो ।

भोटो जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरू पनि जावलाखेल पुग्नुभएको थियो । रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन आज भोटो देखाइएको हो । 

गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएपछि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा हेर्न सर्वसाधारणको निकै घुईंचो थियो ।

तस्बिरहरु 

टिप्पणीहरू