काठमाडौं जान ठिक्क परेकी महिलाको हत्या
लमजुङको बेसीशहर नगरपालिका–११, चिती बगैंचामा एक महिलाको हत्या भएको छ । करिब ६५ वर्षीया सान्नानी घर्तीको आफ्नै घरमा गएराति हत्या भएको बताइएको छ ।
उनी घरमा एक्लै बस्थिन् । छोरा विदेशमा भएकाले काठमाडौंमा बस्ने बुहारी भेट्न उनी आज बिहान त्यताँ जान लागेकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि सान्नानीको आज बिहान काठमाडौं जाने तयारी खुलेको छ ।
बेशिशहरबाट काठमाडौं आउने जीपका चालकलाई उनले आज बिहान काठमाडौं जाने जानकारी हिजै गराएकी थिइन् । चालक बिहान उनलाई बोलाउन जाँदा घरको आँगनमा शव देखेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार उनको अनुहार र शरीरमा धारिलो हतियार प्रहार भएको देखिन्छ ।
टिप्पणीहरू