फेक फोटो र भिडियोबाट उपमेयरको चरित्रहत्या

फेक फोटो र भिडियोबाट उपमेयरको चरित्रहत्या
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एआई प्रविधिबाट आफ्नो फेक फोटो र भिडियो बनाएकालाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेकी छन् । 

प्रविधिको दुरुपयोग गरेर आफ्ना फेक फोटो र भिडियो बनाई चरित्रहत्या गर्ने कार्य गरेको भन्दै उनको सचिवालयले आज त्यस्ता सामग्री हटाइदिन र कानूनबमोजिम कारबाही गर्न माग गर्दै ब्यूरोमा पत्राचार गरेको हो । 

यसअघि पनि आफ्नो नाम जोडी खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्न अनुरोध गरिएकोमा हालसम्म पनि नभएको उपमेयर डंगोलको गुनासो छ । 

‘काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको नाम जोडी खोलिएको अनाधिकृत सामाजिक सञ्जाल फेसबुक पेज हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गरी सहयोग गरिदिने सम्बन्धमा मिति २०८१/०२/१३ गते र २०८१/०३/२५ गते त्यहाँ पत्राचार भएकोमा हालसम्म पनि सो सामाजिक सञ्जाल प्रयोगकै रहेको तथा एआई प्रविधिबाट फोटो तथा भिडियो एप्लिकेसन गरी सामाजिक सञ्जालमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मको कार्यहरु भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हटाइदिन र प्रयोगकर्तालाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनहुन पुनः अनुरोध गर्दछु,’ पत्राचारमा भनिएको छ ।

टिप्पणीहरू