ताप्लेजुङमा गोल्ड कप फुटबल, दुई दिनमा साढे तीन लाख आम्दानी

ताप्लेजुङमा गोल्ड कप फुटबल, दुई दिनमा साढे तीन लाख आम्दानी
सुन्नुहोस्

दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ को सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लब पुगेको छ । दोस्रो दिनको क्वार्टरफाइनल खेलमा पाँचथर फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोल गरेर सलहेशले सेमिफाइनलको यात्रा तय गरेको छ ।

हिजोको खेलमा जय गुरुङले गरेको गोल नै सिरहाको लागि बरदान बनेको हो । दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ मा संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ र सलहेश युवा क्लब सिरहा सेमीफाइनलमा पुगेका छन् । अब हुने दुई वटा क्वार्टरफाइनल खेलबाट चार टिम सेमीफाइनलमा पुग्ने छन् । फाइनल खेल भदौ १० गते हुने छ ।

क्वाटरफाइनलका खेलमा टिकटको मूल्य एक सय तोकिएको थियो । टिकट बिक्रीबाट पहिलो दिन दुई लाख २० हजार र दोस्रो दिन एक लाख ३५ हजार एक सय आम्दानी भएको आयोजकले जानकारी दिएको छ । सेमिफाइनलका लागि टिकटको मूल्य दुई सय तोकिएको छ ।
 

टिप्पणीहरू