रुपन्देहीलाई स्तब्ध पार्दै सेमिफाइनल पुगेको मोरङ ताप्लेजुङसँग भिड्ने

रुपन्देहीलाई स्तब्ध पार्दै सेमिफाइनल पुगेको मोरङ ताप्लेजुङसँग भिड्ने

दोस्रो ताप्लेजुङ गोल्डकप, २०८१ को तेस्रो दिन भएको क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब, मोरङ विजयी भएको छ।

बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीविरुद्ध एक गोल गरेर मोरङले जीत हासिल गरेको हो । खेल शुरु भएको १९ औं मीनेटमा सुशील राईले गरेको गोल नै मोरङका लागि विजयी गोल बन्यो । 

अब हुने सेमिफाइनल खेलमा मोरङ र संघर्ष स्पोर्टिङ्ग क्लब, ताप्लेजुङ भिड्नेछ । आयोजकका अनुसार क्वाटरफाइनल खेलहरुको टिकट एक सय रुपैयाँको दरले बिक्री गरिएको थियो । 

पहिलो दिन दुई लाख २० हजार, दोस्रो दिन एक लाख ३५ हजार एक सय, तेस्रो दिन एक लाख ४० हजार आठ सयको टिकट बिक्री भएको आयोजकले जनाएको छ । सेमिफाइनल खेलको टिकट मूल्य दुई सय रुपैयाँ तोकिएको छ । 

अन्तिम क्वाटरफाइनल खेल त्रिभुवन आर्मी क्लब, काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब, झापाबीच हुनेछ ।

टिप्पणीहरू