झापाको युनाइटेड फुटबल क्लब ताप्लेजुङको सेमिफाइनलमा

झापाको युनाइटेड फुटबल क्लब ताप्लेजुङको सेमिफाइनलमा

दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ को चौथो दिनमा भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंलाई बिर्तामोड युनाइटेड फुटबल क्लब झापाले पराजित गरेको छ । शून्यका विरुद्ध तीन गोल गरेर झापा युनाइटेड सेमिफाइनलमा पुगेको छ ।


 
भोलिदेखि सेमिफाइनल खेल शुरु हुँदै छ । भोलिको सेमिफाइनल संघर्ष  स्पोर्टिङ क्लब ताप्लेजुङ र सगरमाथा युथ क्लब मोरङबीच हुँदै छ ।  पर्सि बिर्तामोड युनाइटेड र सलहेश युवा क्लब सिरहाबीच दोस्रो सेमिफाईनल पछि १० गते फाइनलखेल हुने छ ।

टिप्पणीहरू