ताप्लेजुङ गोल्ड कपको फाइनलमा सगरमाथा युथ क्लब मोरङ

ताप्लेजुङ गोल्ड कपको फाइनलमा सगरमाथा युथ क्लब मोरङ

दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ को सेमिफाइनलको पहिलो खेलमा विजयी सगरमाथा युथ क्लब मोरङ फाइनलमा पुगेको छ । हिजो भएको खेलमा संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङलाई १ का विरुद्ध २ गोल गरेर मोरङले फाइनलका लागि स्थान सुरक्षित गरेको छ ।

खेलको प्रारम्भमै मोरङविरुद्ध १ गोल गरेको ताप्लेजुङले पूरै समय त्यसैमा चित्त बुझाउनुपरेको थियो । हाफटाइमपछि सगरमाथा युथ क्लब मोरङले पनि १ गोल गरेर बराबरीमा पुर्यायो । निर्धारित समयपछिको खेलमा गरेको १ गोलले उक्त टिम विजयी भएको हो ।

आयोजकहरुका अनुसार पछिल्लो चार दिनको खेलमा दर्शकहरुबाट सात लाख नौ हजार ८०० सय उठेको छ । हिजोको सेमिफाइनलदेखि टिकटको मूल्य दुई सय तोकिएको हो ।

आज हुन लागेको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाईटेड फुट्बल क्लब झापा र सलहेश युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुँदै छ । पर्सि सोमबार फाइनल खेलको तालिका छ ।

टिप्पणीहरू