भूटानलाई ट्राइबेकरमा स्तब्ध पार्दै नेपाल फाइनलमा

भूटानलाई ट्राइबेकरमा स्तब्ध पार्दै नेपाल फाइनलमा

पेनाल्टी सुटआउटमा भूटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको सेमिफाइनलमा भूटानलाई रोक्दै नेपाली युवा टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि नतिजा छिनोफानो गर्न  पेनाल्टी सुटआउट लिइएको थियो । त्यसमा नेपालले भूटानलाई ४-१ ळे  हरायो ।  

नेपालको जितमा गोलकिपर जियारथ शेख नायक सावित भए । उनले भूटानको दुई पेनाल्टी बचाउनुका साथै एक गोल पनि गरे ।  

नेपालले अब भारत र बंगलादेशबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग बुधबार फाइनल खेल्नेछ ।

टिप्पणीहरू