खुकुरी प्रहारबाट नाबालिका छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

खुकुरी प्रहारबाट नाबालिका छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

खुकुरी प्रहारको घटनामा एक बालिकाको ज्यान गएको छ । धरानमा आज दिउँसो भएको अन्धाधुन्द खुकुरी प्रहारमा १४ वर्षीया बालिकाको हत्या भएको छ भने । उनकी आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खाँदबारी, संखुवासभाका बबिन बरालले गरेको खुकुरी प्रहारबाट आमा सृजना राई र उनकी १४ वर्षीया छोरी गम्भीर घाइते भएका थिए । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएपछि उपचारको क्रममा छोरीको मृत्यु भएको हो ।

खुकुरी प्रहार गर्ने ३३ वर्षीय बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू