क्याम्पसमा नक्कली प्रमाणपत्रधारी जुनियर असिष्टेन्ट

क्याम्पसमा नक्कली प्रमाणपत्रधारी जुनियर असिष्टेन्ट
सुन्नुहोस्

कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिष्टेन्ट देवराज वनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । 

देवराजको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली रहेको बताइन्छ । देवराज २०५३ सालमा क्याम्पसमा अस्थायी मुखिया सरहको पदमा नियुक्त भएका थिए । २०७५ साउन १ गतेदेखि सेवाको निरन्तरता हुनेगरी उनलाई जुनियर असिष्टेन्ट पदमा समायोजन गरियो ।

त्यतिबेला उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको अख्तियारले जनाएको छ । जसअनुसार देवराजले भारतको नयाँ दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी एसएलसी प्रमाणपत्र पेश गरेको देखिन आएको छ ।

उक्त प्रमाणपत्र नक्कली रहेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता गरिएका अख्तियारले जनाएको छ ।
 

टिप्पणीहरू