युवायुवती बन्धक बनाइएको घरमा नक्कली पेस्तोल

युवायुवती बन्धक बनाइएको घरमा नक्कली पेस्तोल
सुन्नुहोस्

राजधानीका विभिन्न डान्स बारबाट क्लब तथा हाउस पार्टीको नाममा युवायुवतीलाई बन्धक बनाउने गरेको पाइएको छ । उक्त अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

बूढानीलकण्ठ नगरपालिका–१, बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३, का २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने २२ वर्षीय ओजस्वी तामाङ र स्वयम्बुका २२ वर्षीय साजन गुरुङ समातिएका छन् । 

उनीहरुले काठमाडौंका विभिन्न डान्स बार, क्लबबाट युवायुवतीलाई अनेकौं प्रलोभनमा क्लब तथा हाउस पार्टीको नाममा लगेर बन्धक बनाउने गरेको पाइएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले युवतीहरुलाई बूढानीलकण्ठ–१, स्थित आफ्नै घरमा लगी नशालु पदार्थ सेवन गराई अनैतिक क्रियाकलापमा संलग्न गराएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले हिजो उनीहरुलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको साथबाट एक÷एक थान इलेक्ट्रिक आइरन, नक्कली पेस्तोल, ह्यामर र ब्लोबर मेसिन बरामद गरिएको छ ।

टिप्पणीहरू