सामाजिक सद्भाव भड्काएका मानबहादुर प्रहरी खोरमा

सामाजिक सद्भाव भड्काएका मानबहादुर प्रहरी खोरमा

सामाजिक सद्भाव भड्काउँदै स्ट्याट्स लेखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

राष्ट्रियतामाथि जोडिएको विषयमा जथाभावी लेखेपछि साइबर ब्यूरोले मानबहादुर कार्कीलाई काठमाडौंको न्युरोडबाट समातेको जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले बताए । 

‘सामाजिक सद्भाव भड्काउने स्ट्याट्स लेखेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पछिल्लो समय अन्य देशमा भइरहेको घटनालाई नेपालसँग जोडेर उनले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेका थिए । उनीमाथि अनुसन्धान भइरहेको छ’,उनले भने ।
 

टिप्पणीहरू