मध्यरातमा गोली हानेर श्रीमतीको हत्या, श्रीमान फरार

मध्यरातमा गोली हानेर श्रीमतीको हत्या, श्रीमान फरार

सर्लाहीमा एक युवा गोली प्रहारबाट श्रीमतीको हत्या गरेपछि फरार भएका छन् । हरिपूर्वा नगरपालिका ५ मा धिरेन्द्र यादवले श्रीमती चित्रलेखाको गोली प्रहारबाट हत्या गरेका हुन् । 

सो क्रममा युवकका बुबा तथा मृतकका ससुरा घाइते भएका छन् । प्रहरीका अनुसार राति २ बजेको समयमा यादवले श्रीमतीको हत्या गरेका हुन् । मोटरसाइकलमा सँगै आएका अर्का एकजना घरबाहिर बसे र उनीचाँही भित्र छिरेर  श्रीमतीको टाउकोमा दुई पटक गोली प्रहार गरेको बताइन्छ । 

घाइते ५४ वर्षीय रामदिनेश रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । गोली प्रहार गरेका धिरेन्द्र फरार छन् । घटनास्थलबाट प्रहरीले गोलीका खोका बरामद गरेको छ । एक महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका उनको घरायसी विवाद बढेको स्थानीयको भनाई छ ।

टिप्पणीहरू