बालेनले किन छले इन्द्रजात्रा ?

बालेनले किन छले इन्द्रजात्रा ?

‘नौटंकीका हजार हाउभाउ, एनी हाउ आफूलाई चर्चामा ल्याऊ’ भनेझैं काठमाडौंका मेयर बालेन साहले आफूलाई चर्चामा ल्याउन आफैं प्रमुख आयोजक भएको यस पटकको इन्द्रजात्रालाई छलेका छन् । सामाजिक सञ्जालमा मेयर साह र प्रधानमन्त्री ओली एकअर्काविरुद्ध कटाक्ष गर्दै आइरहेको बेलाको जात्रामा उनै प्रधानमन्त्रीलाई इन्द्रजात्रा समारोहको प्रमुख अतिथि बनाएर स्वागत गर्न लाइनमा उभिनुपर्ने भएपछि छलेको दाबी स्रोतले गरेको छ । 

प्रधानमन्त्रीलाई स्वागत गर्न लाइनमा बस्दा पब्लिक इमेजमा नकारात्मक असर पर्ने र सुरक्षाका कारण अन्य स्टन्ट गर्न पनि नमिल्ने अवस्था देखिएपछि उनी जात्राको दिन कसैलाई जानकारी नदिई मित्रमिलनको बहानामा भारतको बैंग्लोरतर्फ लागेको दावी स्रोतको छ । त्यसो त साहले इन्द्रजात्रामा सहभागिता जनाउन नसक्नुको परिस्थितिजन्य अन्य कारण पनि रहेको दावी गरिएको छ ।

स्रोतका अनुसार यसपालि विभिन्न समूहका नाममा संगठित एमाले कार्यकर्ता र मेयर बालेन साहबाट पीडितहरू एकजुट भई कालो झण्डा देखाउने, उस्तै परे भिडन्त गर्ने सुरसार गरेको छनक पाएपछि साह यसरी छड्किएका हुन् । उनले इन्द्रजात्राकै भोलिपल्ट फर्किएर भेडासिंहलगायत स्थानमा पुलुकिसी अर्थात् हात्ती नचाउँदै हिँड्ने काठमाडौं शहरको जात्रामा उपस्थिति जनाएकाले पनि यो दाबीलाई पुष्टि गर्न सहयोग पुगेको बताइँदैछ । उनीविरुद्ध वसन्तपुर क्षेत्रका वडाध्यक्ष चिनकाजी महर्जनलगायत एमाले समर्थक र व्यापारीले खुलेरै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

यसअघिका दुई इन्द्रजात्राको अवसरमा नगर प्रहरी प्रमुख राजु पाण्डेले ५०–६० जनालाई एस्कर्टिङ गर्न लगाउने र सय, डेढ सयजति भेला पार्दै बाटोमा हिँड्दा जयजयकार गर्न लगाउने व्यवस्था मिलाउँदै आएका थिए । यी सबै कामकुरोलाई केही युट्युबरको सहयोगमा सामाजिक सञ्जालमा भाइरल बनाउने गरिन्थ्यो ।
 

टिप्पणीहरू