पुराना नोट पाखा,नयाँ नोटको डिजाइन शुरु

पुराना नोट पाखा,नयाँ नोटको डिजाइन शुरु

बंगलादेशमा चलनचल्तीका सबै नोटको सट्टा नयाँ नोट प्रचलनमा ल्याउने तयारी शुरु भएको छ । हालैको राजनीतिक परिवर्तनपछि त्यहाँको अन्तरिम सरकारले बंगलादेशी टाकाको सबै दरका नोटमा अग्रभागमा राखिएको शेख मुजिबर रहमानको फोटो हटाउने निर्णय गरेको छ ।

त्यहाँको अर्थ मन्त्रालयले सबै दरका नोटको नयाँ डिजाइनका लागि केन्द्रीय बैंकलाई निर्देशन दिएको बताइएको छ । आगामी छ महिनाभित्र नयाँ नोटको डिजाइन सकिने छ भने,प्रत्येक दरका लागि चार नयाँ फरक डिजाइन पेस्ज गरिने छ ।

नयाँ दरका नोटहरु आगामी दुई वर्षभित्र चलनचल्तीमा आउने छ । केही वर्षभित्र बंगलादेशको हालको सबै नोटलाई विस्थापित गरिने जनाइएको छ । अबदेखि त्यहाँको कुनै पनि नोटमा मुलुकका संस्थापक शेख मुजिबर रहमानको फोटो राखिने छैन । उनकै नेतृत्वमा सन् १९७२ मा बंगलादेशले स्वतन्त्रता पाएको थियो ।

बंगलादेशमा २, ५, १०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छ । ती सबै नोटको अग्र भागमा रहमानको फोटो छापिएको छ । केही दरका नोटमा दुबैतर्फ फोटो छ भने सिक्कामा समेत उनैको फोटो अंकित छ ।

टिप्पणीहरू