बाढी पीडितलाई आइएमइ ग्रुपको पाँच करोड

बाढी पीडितलाई आइएमइ ग्रुपको पाँच करोड

आइएमइ ग्रुपले ग्लोबल आइएम बैंक र आबद्ध कम्पनीका तर्फबाट बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि पाँच करोड सहयोग गरेको छ । 

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक आज हस्तान्तरण गरेका हुन् । हालैको बाढीपहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको यो सबैभन्दा बढी रकम हो । 

अध्यक्ष ढकालले आइएमइ ग्रुप विपदका बेला सरकारको साथमा रहेको बताएका छन् । चेक हस्तान्तरणपछि उनले आगामी दिनमा अझ सहयोग बढाउँदै जाने प्रतिबद्धतासमेत जनाए ।

टिप्पणीहरू