मनसुन बाहिरिँदै, केही दिनभित्र सबैतिर आकाश सफा

मनसुन बाहिरिँदै, केही दिनभित्र सबैतिर आकाश सफा

मुलुकको केही भू–भागबाट यो वर्षको मनसुन बाहिरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

‘आज मिति २०८१ असोज २० का दिन यसवर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरुबाट बाहिरिएको छ’,बुलेटिनमा उल्लेख छ । 

त्यसैगरी, महाशाखाले मनसुनी वायु कमजोर हुँदै गएको जानकारी दिएको छ । अबको केही दिनमा मनसुन बाहिरिने महाशाखाको भनाइ छ ।

टिप्पणीहरू