ट्याक्सीमा १० हजार छाडेका यात्रुको चालकद्वारा खोजी

ट्याक्सीमा १० हजार छाडेका यात्रुको चालकद्वारा खोजी

काठमाडौंका एक जना ट्याक्सी चालकले यात्रुले ट्याक्सीभित्र छुटाएको साढे १० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई बुझाएका छन् । चालक मकवानपुर घर भएका ४४ वर्षीय श्याम पौडेलले प्रहरीमार्फत् उक्त रकम सम्बन्धित धनीलाई बुझाएका हुन् । 

बा.२ ज ४०३४ नम्बरको ट्याक्सी चालक उनले आज अपरान्ह ४ बजे न्यूरोडबाट थापाथली प्रसुति गृहसम्म तीन जना यात्रुलाई लिएर गएका थिए । 

सोही क्रममा यात्रुले १० हजार ४२० रुपैयाँ नगदसहित साँचोहरु भएको थैलो ट्याक्सीमै भेटेपछि उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उक्त थैलो बुझाउन पुगेका थिए । 

त्यसपछि प्रहरी कन्ट्रोलमार्फत् चालक पौडेलको सनाखतमा सम्बन्धित धनीलाई रकम र साँचो हस्तान्तरण गरिएको जनाइएको छ ।

टिप्पणीहरू