अवैध ‘फिस सुट गेम’ नयाँ जुवा, चिनियाँहरुको संलग्नता

अवैध ‘फिस सुट गेम’ नयाँ जुवा, चिनियाँहरुको संलग्नता

रकमको हारजित हुने गरी ‘फिस सुट गेम’ खेल्ने/खेलाउने कार्यमा संलग्न पाँच जना चिनियाँ पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा बस्दै आएका चिनियाँ नागरिकहरु ५४ वर्षीय जु केकियाङ, ३३ वर्षीय हुई पेङ, ५० वर्षीय वेन जिमेइ, ४३ वर्षीय वाङ जिङ्यो र ३८ वर्षीय लिउ सुनलाई उक्त अभियोगमा नियन्त्रणमा लिइएको छ ।

उनीहरुले विगत पाँच/छ वर्षदेखि ठमेलस्थित एक रेस्टुरेन्टमा कोठा भाडामा लिएर सो गेम खेलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट २३ लाख ९८ हजार २० रुपैयाँ नगद, गेम उपकरण, महजोंग सेट एक थान र सोमा प्रयोग हुने ३६० वटा गोटी तथा विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रेस्टुरेन्टबाट हिजो नियन्त्रणमा लिएका उनीहरुलाई आवश्यक कारबाहीका निम्ति आज जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
 

टिप्पणीहरू