उपनिर्वाचनमा २५ दलको प्रतिस्पर्धा

उपनिर्वाचनमा २५ दलको प्रतिस्पर्धा

आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित दुई दर्जनबढी राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । दल दर्ताका लागि तोकिएको समयावधिमा २५ वटा दल दर्ता भएको जनाइएको छ । आयोगले दल दर्ताका लागि असोज १० गतेदेखि १६ गतेसम्मको समय दिएको थियो । 

सो अवधिमा आयोगमा निवेदन परेका २६ वटा राजनीतिक दलमध्ये कानूनी रीत पूरा भएका २५ वटालाई आयोगले दर्ता गरेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी दर्ता भएका छन् । 

त्यस्तै, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी, बहुजन एकता पार्टी, जनता समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल कम्यूनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली काँग्रेस (बीपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल पनि आयोगमा दर्ता भएका छन् ।

टिप्पणीहरू