सबै प्राणीको वास्तविक मित्र हुनु : दशैँ टीकाको आशीर्वाद

सबै प्राणीको वास्तविक मित्र हुनु : दशैँ टीकाको आशीर्वाद

–जगदीशराज बराल

“जब तपाईँ अस्तित्वका तीन मौलिक गुणहरु–तमस अर्थात् जडता–रजस अर्थात् क्रियाशिलता–सत्व अर्थात् पर्न जाने गुणमाथि विजय प्राप्त गर्नुहुन्छ तब तपाईं मुक्त हुनुहुन्छ । विजया दशमी विजयको पर्व हो”(सद्गुरु,भारत) ।”,“असत्यमाथी सत्यको विजयको पर्व हो–विजया दशमी”(देवी प्रतिभा, नेपाल) ।  

सत्य र असत्यको विजय भन्ने प्राचीन धारणा अनुसारको भन्दा सद्गुरुको अलि अस्तित्व परक अर्थ लाग्ने तरिकाले विजया दशमीबारे बुझिन्छ । आशुरी विकृतिलाई महिषाशुर मानेर प्रकृति देवीले परास्त गरेको कुरा त पाठ गरिन्छ । रामको जय जयकार गरिन्छ । दक्षिण भारतमा रावणको पूजा गर्ने समुदाय पनि छन् भनिन्छ ।

रामले रावणमाथि विजय प्राप्त गरेपछि विजय उत्सवको रुपमा वैदिक सनातन धर्मअन्तर्गत हिन्दू सम्प्रदायले विश्वभरी शरदीय दुर्गा सप्तमीदेखि नवमीपछि आउने विजया दशमीलाई उत्सवको रुपमा मनाउने गर्छन् । रावण कुनै नाम होइन बरु अहङ्कार, काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष, छलकपट,आलश्य,जिद्धि जस्ता १० वटा अवगुणहरु भएको । नकारात्मक १० शीर, १० हात सहयोगीसहितको व्यक्तित्व भएको(ब्रह्मकुमारी अदिति दिदी, भारत) कारण सारा आत्माको सबै नाडीहरु शरीरसँग जोडिएका–शरीरका सबै अङ्गको नाडीसँग नै सम्बन्ध हुने नाभी अर्थात् संकल्प शक्तिमा प्रहार गरेर हराइएको हुनाले दशहरा पनि भनिन्छ भनेर बहस गरिएको पाइन्छ । मानिस सफल भएपनि कुकर्ममा लागेपछि नाश हुनुपर्छ भन्ने सङ्केत पनि हो । खराबमाथि असलको जीतको प्रतिक,समाजमा नैतिकता र सत्यको महत्व कति छ भनेर दर्शाउने नीतिको कार्यान्वयन हो,आत्माको अध्यन–आध्यात्मको बदला आफ्नो कथाको ध्यानमा लागेपछि भोत्कि सुखले अनर्थमा दुःख भोग्दो रहेछ भनेर चेत दिने धार्मिक पर्व पनि हो विजया दशमी । पुलता शत्रुको मात्र जलाउने भएकाले रामको शत्रु रावण–कुम्भकर्ण–मेघनादको पुलता बनाएर जलाउने प्रचलन पनि छ ।

यस क्रममा, विश्वका नेपाली समुदायले कसैले टीका लाएर त कसैले पूजा मेला महोत्सवको आयोजना गरेर मनाउने प्रचलन भएकाले विजया दशमीसहितको पर्वलाई तराई पहाड नेपालमा खान पिन रमाइलो गर्दै नेपालीहरुको मौलिक पर्वको रुपमा मनाइन्छ । दशंै पर्वभरि नेपालमा पर्व बिदा पनि दिने गरिन्छ ।

विजया दशमीमा आफुले मान्य जनबाट आशीर्वाद लिन–अग्रजप्रति आदर सम्मान प्रकट गर्न टाढा टाढादेखि पनि दही रातो अविर तथा आवश्यकता अनुसार पहेँलो केशरी मुछिएको टीका थाप्न आउने जाने गरिन्छ । दशैँमा टीका लगाइदिँदा आशीर्वाद लिने दिने गरिन्छ । काठमाण्डौ एवं पूर्व नेपाल क्षेत्रमा कोज्रागत पूर्णिमा सम्म टीका लगाउने चलन भएको पाइन्छ भने पश्चिम नेपाल क्षेत्रमा विजया दशमीको दिन मात्र एक दिन टीका लगाउने प्रचलन छ भन्ने सुनिएको हो,अहिले काठमाण्डौको प्रभावले पश्चिममा पनि अरु दिनपनि लगाउन थालिएको भन्ने हल्ला चाहिँ सुनिएको थियो । यसरी टीका लगाइदिँदा आशिर्वाद दिनुपर्दा उमेर पनि हेरिन्छ र सामान्यतः देहाएको आशिर्वाद मन्त्र लिन–दिन उपयुक्त हुन्छ की भन्ने लागेकाले प्रस्तुत गरेको छु ।

(क) साझा आशीर्वाद–“वयं राष्ट्रे जागृयाम पुरोहिता : हामीहेरु सदा जागौँ राष्ट्रमा राष्ट्र भक्तिले  । अगुवा हौँ हित गरौँ सबैको सङ्घशक्तिले”(योगी नरहरी नाथ) ।। “सज्जन सङ्गति तिर मन देऊ,दुःखी जनको दुःख हरिलेऊ ।।१३।। चञ्चल मनका वेग थमाऊ,नश्वर सुखमा फस्न नजाऊ । काम र क्रोध लोभ हटाऊ,ज्ञान र भक्ति विराग बढाऊ ।।१५।। (चर्पट मञ्जरी) । विपदमा हुनु धीर न आत्तिनु,सुख हुँदा सब माथि दया लिनु । गनिनु बोल्न सिपालु सभा विच,सुजन बन्नु परे यति चिन्ह् छ ।। अल्छ्याई नलिनू उँघी नरहनु निद्रा न धेरै लिनू । क्वै देखी नडराउनु रिस कतै कैल्यै नढठ्ने हुनू ।। धन्दा झट्पट छिन्नु फूर्ति रहनु जुम्सोपना छाड्दिनु,विद्यामा धनमा पुरा हुनु परे यो बानी हर्दम् लिनु (अठ्ठाइस विद्याको महिमा) ।। तृष्णा तोड,गर क्षमा,भज,हरि,बाटो बडाको धर,साँचो बोल,नराख पाप मनमा,माया दुखीमा गर । कीर्ति थाम,घमण्ड छोड,कुलको चाला समाल्ने गर,मान्ने मानिसलाई मान र सखे ! मिल्ला सधैँ आदर( सत्पुरुषका गुण) ।। कैले सक्नु ठुलो छ काम,भनि यो मान्दै नमान्नु डर,पुग्छन,हेर हिँडी रहेर कमिला हज्जार कोसौँ पर । ‘थालौँला नि बखत् छँदैछ’ भनि यो भाका नराख्ने गर,पुग्दैनन् गरुडैँ पनि नउडि ता त्यै पाँच वित्ता पर(ठूला–ठूला काम चिताऊ) ।। तोरीमा तिलमा छ तेल,तर त्यो आफैँ कहाँ झर्छ र । पेल्नैपर्छ बिना प्रयत्न मुखमै आएर के पर्छ र ? (उधोगी बन ।। आफ्नो श्रेय हुने पछी सुख हुने धन्धा छिनीहाल है, आग्लागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है(उमेर छँदै होश गर) ।।  कीर्ति हो गहना सुशील रहनू यै इष्ट वा मित्र हो (लिन र छोडन योग्य सद्गुण र दुर्गुण) ।। अर्काको गर खूव मान मनितो,आफू नखोज्ने गर । यस्तो गर्नु र झन् हुनेछ बढ्ता तिम्रो सधैँ आदर(सम्मान) ।।  (पं.जगन्नाथ उपाध्याय गुरागाई । गुण–रत्नमाला । बम्बई पुस्तक भवन सी.के.२६।५,कचौडीगली,वाराणसी,भारत) ।

“भद्रमस्तु शिवं चास्तु महालक्ष्मी : प्रसीदतु । रक्षतु त्वां सदा देवी आशिष ःसन्तु सर्वदा ।। आयु रक्षत वाराही,धर्म रक्षतु वैष्णवी । यश : कीर्तिञ्च लक्ष्मीं च धनं विधा च चक्रिणी ।।  देहि सौभाग्यमारोग्यं देहि देवी परं सुखम्,विद्यावन्तं यशस्वन्तं लक्ष्मीवन्तं जनं कुरु,रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।।”,“आफु नै आफ्नो मित्र र शत्रु भएकाले आफैँले आफुलाई उठाउनु पर्छ । आफ्नै कर्मले आफूलाई अधोगतितिर लानुहुँदैन–उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् । आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन : (गीता–६।५।) ।।”“ न च तस्मानन्मनुष्येषु कश्चिन्मे प्रियकृतम भगवानप्रति समर्पित भक्तले सबै जीवको कल्याण  चाहने हुँदा सबै प्राणीहरुको वास्तविक मित्र हुनु,अरु जीवहरुसँग द्वेष नगर्नु(गीता–।।१८।६९) ।। “अनुद्वेगकरं(म्) वाक्यं(म्), सत्यं(म्) प्रियहितं(ञ्) च यत्–सत्य,प्रिय मिठो,हितकारी,तथा अरूलाई क्षुब्ध पार्ने गरि केही वचन नबोल्नु (गीता–१७। १५) ।।”– “ऐसी वाणी बोलिये, मन का आप खोय । औरन को शीतल करे,आपहुँ शीतल होय (गीता विदुषी सौ वन्दना जी वर्णेकर,भारत । यज्ञ,दान और तप का महत्व) ।। “जिन मात पिता की सेवा की, उन तीर्थ स्नान कियो न कियो । जिनके हृदय राम बसे उन और कोई नाम लियो न लियो–माता पीताको सेवागर्नु नै तपश्या हो भन्ने कुरा सधैँ मनमा गुन्नु(गीता विदुषी सौ वन्दना जी वर्णेकर । यज्ञ,दान और तप का महत्व) ।।”,यज्ञ,विवाह,धार्मिक कार्यक्रम,रीति रिवाज मान्दा समाजमा आफुभन्दा तल्लो वर्ग पनि छ भनेर मनन् गर्दै सकारात्मक उदाहरण पेश गर्दै करौँडोको खर्चमा पालिएका धार्मीक आवरणका गुरु–माता–देवीहरुको चरण परेर मलाई यो पद दिलाईदिनु,छोराछोरीलाई छात्रवृति दिलाइदिनु भनेर शरणागत लम्पसार पनि नपर्नु ।

(ख) मान्यजनले पुरुष छोरा जातलाई पहिलेदेखि नै यसरी दिएको पाइन्छ–

“आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे,ऐश्वर्य नहुषे गतिश्च पवने मानश्च दुर्योधने । दार्न सूर्य सुते(शौर्य शान्तनवे) बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।(आयुव्र्यासमुने श्रियं च ऋषभे दानं शिवीसदृशे,त्यागं श्रीदधिचे बलं च पवने शत्रुक्षयं राघवे ।। शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।)” ।“स्वस्त्यस्तु ते कुशलमस्तु चिरायु रस्तु,गोवाजिहस्ति धनधान्य समृद्धिरस्तु । ऐश्वर्यमस्तु वलमस्तु (‘बिजयोकस्त’ भनेको पनि कतै भेटिन्छ)  रिपुक्षयोस्तु सन्तानवृद्धि सहिता हरिभक्ति रस्तु ।। ”,“स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु ,विद्या विवेक कृतिकौशल सिद्धिरस्तु । ऐश्वर्यमस्तु बलमस्तु राष्ट्रभक्तिः सदाऽस्तु,वंशः सदैव भवता ही सुदीप्तोऽस्तु ।। ”(डा.गौतम शर्मा,सोशल मीडिया,भारत) । “स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोहस्तिवाजिधनधान्यसमृद्धिरस्तु। ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु कल्याणमस्तु सततं हरिभक्तिरस्तु।। गोवाजिहस्ति...वंशे सदैव भवतां हरि भक्तिरस्तु( विकिसूक्ति,सोशल मीडिया,भारत) । “स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु,गोवाजिहस्तिधनधान्यसमृद्धिरस्तु । ऐश्वर्यमस्तु विजयोऽस्तुरिपुक्षयोऽस्तु,विद्याविवेककृतिकौशलसिद्धिरस्तु ।। (सुबेदी बसन्त,इन्सटा ग्राम–सोशल मीडिया,नेपाल)।

ठिटा केटाहरुलाइ यस्तो पनि थप आशीर्वाद  दिन सकिन्छ–कुलतमा नलाग्नु, ठूलो मान्छे हुनु,जिम्मेवार हुनु,आसुरी र दानवी शक्तिलाई मनमा नलिनु बरु एक पटकमा भएन भने पनि दशहरा १० पटक हराउन  प्रयत्न गर्नु पढेर जानेर देशको सेवा गर्नु,अल्छी नहुनु,इमान्दार–नैतिकवान–सिद्धान्तनिष्ठ–सम्मानित रहनु ,सामाजिक व्यवहारमा गुनासो नआओस,खुशी रहनु,देशमा विकृति–विसङ्गती–राष्ट्रघात–जनघात देखिएमा तीनकोे विरुद्ध खबरदारी गर्न नचुक्नु, सबैलाई माया गर्नु, मान्यजनलाई कदर आदर सम्मान गर्नु,राजनीतिमा लाग्दा बाह्य शक्तिको प्रभावको उचित मूल्याङ्कन गरेर मात्र निर्णय लिनु–आफ्नो देश तथा जनताको अघि राष्ट्रिय मेलमिलाप एवम् एकता कायम गर्न बरु लम्पसार पर्नु–सत्ता तथा राजनीतिक पदको लागि जथाभावि बाह्य शक्तिको शर्तहरु स्वीकार गरेर लम्पट नहुनु,वैदेशिक रोजगारमा जानु भन्दा श्रम तथा सीपलाई स्वदेशमा नै लगाउनु–यदी जानै परे वैध तरिकाले जानु र विदेशमा लगनशिल,अनुशासित,इमान्दार तथा न्यायको पक्षपाति नेपाली भन्ने पहिचान कायम गर्दै ज्ञान,सीप,दक्षता,अनुभवसहित स्वदेश फर्केर कर्ममा लाग्नु,आफुलाई रुची भएको विषय पढ्नु,सामाजिक तथा पविारिक अनुभव हासिल गर्दै समाजका अग्रजहरुबाट व्यवहारिक ज्ञान हासिल गर्नु आदि इत्यादी ।

(ग) महिलाहरुलाई यशरी दिएको पाइन्छ–“ “जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गाक्षमाशिवाधात्रीस्वाहास्वधा नमोऽस्तुते ।। जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी । जय सर्वगते देवी कलरात्री नमोऽस्तु त।।”  तेजस्वीनिभव ः सर्वत्र आदर्श नारी कहाए ,मनले चिताएको पुरा होस । धर्म कर्म तथा तोकीएको एवं पाएको जिम्मेवारीमा मन रहोस,भगवती सीताले पाउनु भएको कष्ट–खेप्नु परेको हण्डर सम्झेर लक्ष्यको सिमा अर्थात मर्यादाको लक्ष्मण रेखा पार गरेर सुनको मृगको आशक्ति एवं प्रलोभनतिर मन विचलित पारेर मनलाई नडुलाउनु,राजनीतितिर लाग्ने हो भने विचार–आचरण तथा सिद्धान्तमा अडिग रहेर अघि बढ्नु अनि आफ्नो आचरण र नैतिकताको आर्जित सर्वस्व नगुमाउनु,हाम्रो पूर्वीय संस्कृति र सामाजिक संरचनाले तय गरेको ढाँचालाई छिन्न भिन्न पार्न महिलालाई जर्बजस्ती राजनीतिमा तान्नै पर्ने–लाग्नै पर्ने वाध्यता तय गरिएका विधिहरुलाई गहिरिएर बुझ्दै ‘फाष्ट ट्रैक’को अपारदर्शी माहोलमा आशक्ति बढाएर नेताहरुसँग अनावश्यक हिमचिम नबढाउनु  आदि ईत्यादी ।  

एकल महिला तथा पहेँला अक्षता नै लाउँछु भन्ने महिलालाई “सर्वस्य बुद्धिरुपेण जनस्य हृदि संस्थिते । स्वर्गापवर्गदे देवी नारायणि नमोऽस्तुते ।। सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके  के गौरी नारायणि नमोऽस्तुते ।। शरणागत दीनार्त परित्राणपरायणे। सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तुते ।।” चिरञ्जीवी हुनु,समाजले माया आदर सम्मान गर्न सकुन,सामाजिक एकतामा जोड दिनु आदि इत्यादी भनेर जमरा तथा फल हातमा राखीदिनु ।

अहिले झन् झन् तमोगुणका आसुरी प्रवृत्ति बढ्दै छ । नराम्रो राम्रो,धर्म अधर्म माथि धर्मको सत्य र असत्यको अन्तर के हो–यी दुई बिचको पराजय विजयलाई कशरी अर्थलगाउने ? अलग गर्न तथा बुझ्न मुश्किल भइरहेको छ । कुलमानलाई हटाउँदा समश्या समाधान हुन्छ त ? विश्वका शक्तिशाली मानिएका पश्चिमा देशहरुलाई कमजोर देखाएका सहित्य हुन वा चलचित्र किन तिनीहरु अति लोकप्रिय भएपनि पुरस्कृत हुन सक्दैनन् ? हमासलाई कसले सिर्जना गरेको शुरुमा ? हमासको सत्तामा जनतालाई महङ्गी तथा करले ढाड सेकाएर सयौँ हमास नेता अरबपति भए की भएनन् ? विश्वभरिका जात,गोत्र,थर आदि मिलेर यहुदीलाई जस्तै गरी अलग देश मागे दिने कि नदिने ?उहीले रुस युक्रेको सिमानाका खुला मैदानको बाटो हुँदै पोलैण्ड जर्मन रुषमा पस्दाको इतिहास रुसले मात्र हैन अरुले पनि बिर्सेका थिएनन् र त नाटोको विस्तार नगर्ने–युक्रेन नाटोको सदस्य नहुने जस्ता रुसको अस्त्विको चिन्ता गरेका कुराहरु तय गरेर सोभियत संघलाई विघटन गरेको हैन र ? त्यस नैतिकतालाई बिर्सेर अरुले जे जे गर्दापनि हुने रहेछ भनेपछि आफ्नो रक्षाको अधिकार त अरुमा पनि हुन्छ भन्ने कुरा सत्य हो की असत्य ? एमालेमा कस्ता कश्ताले प्रवेश पाए छर्लङ्ग हुँदा पनि असत्य मानिन्छ भने मीन बहादुरले त्यही एमालेलाई टीका लगाएर जग्गा दिनु भएको चाहिँ सत्य अरु दलका नेताहरुलाई घरहरु बनाइदिएको चाहिँ असत्य कशरी हुन्छ ? राजनीतिको आवरणमा जसरी ब्रह्मलुटले सदाचारलाई परास्त गरेको छ त्यसको आधारमा के सदाचार असत्य हो त ? इमान्दार पत्रकार उद्यमीहरुको उठिबास हुने अवस्थाले डिप्रेशनमा छन्,दलाल प्रवृतिका उधमीहरु मालामाल भएका छन्, कुन सत्यले कुन असत्यलाई कुन धर्मले अधर्मलाई यहाँ पराजित गरेको छ ? यी सबैलाई मनमा गुनेर आत्मसाक्षी राख्दै कैयौँ कालदेखि जे जस्तो मानेर ठानेर चाड पर्व,संस्कारलगायत धार्मिक कर्महरु गरिँदै आइएको छ ती सवै विश्वास तथा आस्थामा अडेकाले विकृत र विसङ्गती हटाएर–धर्म रक्षाको नाममा करोडौँका तामझाम नगरी सुधार गर्नुपर्छ तर,स्वःधर्म त्याग गर्नु हुँदैन ।

भर्खरै मनाइएको विजया दशमी पर्वले सबैमा निहीत १० टाउके अधर्मी,नराम्रा,अवगुणहरुको निर्मूल गरोस–नेपालीहरुको दिपावली, छठलगायत आगामी सबै चाडपर्वको मङ्गलमय शुभकामना !

टिप्पणीहरू