नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको विमानमा बमकाे चेतावनी

नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको विमानमा बमकाे चेतावनी फाइल फाेटाे
सुन्नुहोस्

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एअरको विमानमा बम रहेको चेतावनीपछि सकुशल काठमाडौं ल्याइएको छ । नयाँ दिल्लीबाट पौने ३ बजे उडेको भिस्तारा एअरको उडान नम्बर युके १५५ विमान साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । 

दिउँसो २ बजे उड्नुपर्ने विमान पौने ३ बजे प्रस्थान गरेको थियो । नयाँ दिल्लीबाट उडेको २० मीनेटपछि विमानमा बम रहेको खबर चालक दलका सदस्यलाई दिइएको बताइन्छ । 

१५७ जना यात्रु रहेको विमानलाई विशेष तालिमप्राप्त कुकुरबाट चेक गराइएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थल पुगेको छ ।

काठमाडौं आइरहेको विमानमा बम रहेको हल्ला हुँदा त्रिभुवन विमानस्थलमा सुुरक्षा कमिटीको बैठक बसिरहेको थियो । हवाई सुरक्षा नियन्त्रक बच्चुराम श्रेष्ठलाई बैठक चलिरहेको समयमा एअर ट्राफिक कन्ट्रोलरले बमको चेतावनी प्राप्त भएको खबर गरेका थिए ।

टिप्पणीहरू