महासचिवले नै गुटबन्दी गरेको उपाध्यक्ष खेमाको गुनासो

महासचिवले नै गुटबन्दी गरेको उपाध्यक्ष खेमाको गुनासो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाली नेता लक्ष्मण ज्ञवालीलाई राजनीतिक सल्लाहकार बनाएका छन् । एमाले महासचिव शंकर पाेखरेलनिकट ज्ञवालीलाई मुख्यमन्त्री आचार्यले हिजो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीकाे सल्लाहकारमा ज्ञवाली र यसअघि भूमि समस्या समाधान आयोगकाे अध्यक्षमा प्युठानका हरिप्रसाद रिजाललाई नियुक्त गरिएछि उपाध्यक्ष विष्णु पाैडेल समूहले चित्त दुखाएको छ।

"पार्टी सिस्टममा चल्नु पर्दैन ? जिम्मेवार पदाधिकारी,पदीय हिसाबले महासचिवजस्तो व्यक्ति सबैकाे साझा हुनुपर्दैन ? महासचिवले नै प्रदेशमा गुटबन्दी गर्ने,पार्टीलाई कमजोर बनाउने, कमिटीमा छलफलकाे संस्कार मेटाउने,पटकपटक चुनाव हारेको, पार्टी काममा नखटिने मान्छेलाई आफूखुशी पद बाँड्नु राम्रो हाेइन," पाैडेल समूहका एक पाेलिटव्यूराे सदस्यकाे आराेप छ।

चुनाव हारेका वा पार्टीमा भूमिकाविहीन भएका आफूनिकट नेता-कार्यकर्तालाई छानीछानी महासचिवले व्यवस्थापन गर्ने रणनीति अपनाएको उपाध्यक्ष पाैडेल समूहकाे गुनासो छ ।

टिप्पणीहरू