उपचुनावमा सबैतिर उत्साहजनक मतदान

उपचुनावमा सबैतिर उत्साहजनक मतदान
सुन्नुहोस्

स्थानीय तहमा रिक्त ४१ पदमा आज उपनिर्वाचन भइरहेको छ । बिहानैदेखि मतदाताहरु उत्साहजनकरुपमा मतदानमा भाग लिइरहेका छन् । 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै  बाँकी ४१ पदका लागि अहिले मतदान भैरहेको हो । 

बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । अहिलेसम्म शान्तिपूर्णरुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
 

टिप्पणीहरू